सिद्धार्थ बैंकका ग्राहकहरूले मिराबेल रिसोर्टमा १५ प्रतिशत छुट पाउने
काठमाडौं : सिद्धार्थ बैंक र काभ्रेको मिराबेल रिसोर्ट एण्ड होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाइ सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने सक्नेछन्।
सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।