उपचारका लागि वर्षमान चीन प्रस्थान
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान फलोअपका लागि चीन प्रस्थान गरेका छन्। आइतबार बिहान एयर चाइनाको जहाजबाट उनी चीन प्रस्थान गरेका हुन्।
उनका साथमा पत्नी ओन्सरी घर्ती समेत त्यसतर्फ गएकी छन्। पारिवारिक स्रोतका अनुसार फलोअपका उनी चीन गएका हुन्। उनी केहीदिनमा उपचार गरेर उनी फर्किने बताइएको छ।
पूर्वमन्त्री पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत फागुन १ गते चीन गएका थिए। उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।
जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंकक गएका थिए। बैंककमा उपचार सफल नभएपछि त्यसयता उनको चीनको सेनजेनमा उपचार हुँदै आएको छ।