प्रचण्डको दोहोरो चरित्र

सार्वभौम संसदको अपमान : माओवादी केन्द्रको कार्यक्रममा कोशी गायब, प्रदेश नम्बर १ को ब्यानर

सार्वभौम संसदको अपमान : माओवादी केन्द्रको कार्यक्रममा कोशी गायब, प्रदेश नम्बर १ को ब्यानर
तस्बिर : प्रचण्ड सचिवालय

उदयपुर : ‘कि लाउ माया मै तिर, कि लाउ उहीँ तिर, तर नलाई दुई तिर’ भन्ने एकनारायण भण्डारीको गीत नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं‍म् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग मेल खाएको छ।

आफू सत्तामा रहँदा सबै काम ठिक छ भनेर निर्णय गर्ने अलिकति विरोध आउनसाथ उत्तेजित भएर पुर्न विचार गरिन्छ भन्ने प्रचण्डको यो पुरानै शैली हो। यहीँ रोग आइतबार उदयपुरको बेलका नगरपालिका-८ स्थित माओवादी नेता रमण भट्टराईले सञ्चालन गरेको बेलका रिभर विच रिसोर्टमा देखापर्‍यो।

आफू तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा रहँदा १ नम्बर प्रदेशलाई कोशी प्रदेशको नामाकरण गर्न पार्टी निकट प्रदेशका सांसदलाई ह्वीप जारी गरेर दुई तिहाई बढी बहुमतबाट पारित भएको प्रदेशलाई शनिबार बेवास्ता गर्दै अध्यक्ष प्रचण्डले पुनः बेनामे प्रदेश बनाएर संसदको अपमान मात्र गरेनन् धज्जी उडाए।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको परामर्श बैठकमा अध्यक्ष स्वयम् उपस्थित छन्। उनीसहित केन्द्रीय कमिटीका पदाधिकारीसमेत बैठकमा सहभागी छन्। उक्त बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ को ब्यानर भित्तामा टाँसिएको छ।

null

तलका कार्यकर्ताले गरेको भए गल्ती भयो भन्न सकिन्थ्यो होला तर आफ्नै उपस्थितिमा प्रचण्डले गरेको यो हर्कतले सार्वभौम संसदको अपमान गरेको कोशी प्रदेशसभाका सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य गितादेवी रेग्मीले बताइन्। उनले भनिन्, ‘सत्तामा हुँदा मान्ने प्रतिपक्षमा हुँदा नमान्ने अनि राजनीतिकरण गर्न खोजेर जुन पानीमाथि ओभानो बन्ने कोसिस गरियो यो खेदजनक छ निन्दनीय छ, यस्ता हर्कत तत्काल बन्द गरिनुपर्दछ।’

प्रचण्डको उक्त हर्कत भण्डारीले गाएको गितसँग मेल खान्छ। आफ्नो अडान केही नभएपछि प्रचण्ड यता पनि ठिक्क उता पनि ठिक्क पार्न निकै माहिर छन्। ‘यो सामान्य गल्ती हैन, यसमा प्रचण्डले निकै मूल्य चुकाउनु पर्ने छ,’ सांसद रेग्मीले भनिन्,‘केन्द्रमा गयो ठूला नेताले सोध्यो भने कोशी प्रदेश नै हो भन्ने तर यता कार्यकर्ता रुझाउन ठिक्क पार्ने उनको दोहोरो चरित्र हो।’ 

उसो त आफै सभामुख हुँदा कोशी प्रदेश दुई तिहाई बढीले पारित गरेका तत्कालीन सभामुख बाबुराम गौतम उक्त बैठकमा सहभागी छन्। उनी अहिले पार्टीको केन्द्रीय सदस्यको भूमिकामा छन्। उनी सभामुख हुँदा २०७९ फाल्गुन १७ बुधबार बसेको प्रदेश नम्बर १ को प्रदेशसभाको दोस्रो बैठकले प्रदेश १ को नाम दुई तिहाई बढी बहुमतबाट कोशी प्रदेश पारित गरेको हो।

प्रदेशसभामा भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेकाले प्रदेशको नाम कोशी प्रदेश भएको तत्कालीन सभामुख हाल पार्टीका केन्द्रीय सदस्य गौतमले संसदको मत विभाजनका आधारमा घोषणा गरेका थिए। मतदानमा ८६ जना सांसद सहभागी भएका थिए। उक्त बैठकमा एमालेका ४०, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका ५, एकीकृत समाजवादीका ४ र जसपाका एक  जना सांसदको सहभागीता रहेको थियो भने कांग्रेसका २ र नेकपा माओवादी केन्द्रका एक जना सांसद अनुपस्थित भएका थिए। 

यसरी प्रदेशको नाम कोशी घोषणा गरेका केन्द्रीय सदस्य गौतमले राज्यको आँखाबाट हेर्दा कोशी प्रदेश नै हो तर पार्टीले १ नम्बर प्रदेश नै कायम रहेको पुनः निर्णय गरेकाले निर्णय मान्न बाध्य भएको बताए। उनले भने,‘नामाकरण लगत्तै जनताको विरोध आएपछि पार्टीले तत्कालीन अवस्थामा नै १ नम्बर प्रदेशको निर्णय गरेको हो, त्यसैले म निर्णय मान्न बाध्य भए।’

उनले राज्यको नजरमा कोशी प्रदेश नै भएको बताए। ‘प्रदेशको नामाकरणको सन्दर्भमा दुई तिहाई बढीले म हुँदै संसदबाट पारित भएको हो, जुन अहिले कायम छ,’ गौतमले भने, ‘त्यो अहिले फेर्ने हो भने जुन विधिबाट गरियो त्यहीँ विधिबाट जानु पर्छ, तत्काल त्यो अवस्था देखिन्न, त्यसैले राज्यको नजरमा कोशी प्रदेश नै हो।’

उनले आफूले व्यक्तिगत रुपमा कोशी प्रदेश नै मान्ने बताए। उनले भने,‘म व्यक्तिगत रुपमा कोशी प्रदेश नै मान्छु र भन्छु तर पार्टीका कार्यक्रममा १ नम्बर प्रदेश नै भन्न बाध्य छु।’ गौतमले यो पुनः नामाकरणका लागि सिम्बोलिक रुपमा माग जस्तो कार्यक्रम भएको बताए।null

पार्टीका प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो)ले केन्द्रको नीति प्रदेशको नाम पुन: नामाकरण गर्ने भन्ने भएकाले त्यहीँ अनुरुप १ नम्बर प्रदेश भनिएको बताए। 

नेम्वाङ्गले भने, ‘केन्द्रबाट आजसम्म १ नम्बर प्रदेश बनाउने भन्ने निर्णय भएको छैन, कोशी बनाउने बेला पर्याप्त छलफल र तयारी नभएको भन्ने नेताहरुको बुझाई छ, त्यसैले नामाकरण के गर्ने भन्न धारणा अहिले पनि पार्टीमा क्लियर छैन।’

उनले नामाकरणको सम्बन्धमा धारणा क्लियर नभएपनि संशोधनको पक्षमा पार्टी रहेको बताए। उसो त प्रचण्डको यो पहिलो गल्ती हैन यस अघि साउन २२ गते विराटनगरमा आयोजित प्रदेश समितिको सातौं बैठकमा उपस्थिति हुँदा पनि प्रदेश नम्बर १ रहेको ब्यानरमा उनले सम्बोधन गरेका थिए। null
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.