विद्यार्थीलाई स्टेशनरी सामान वितरण

विद्यार्थीलाई स्टेशनरी सामान वितरण
सुन्नुहोस्

दोलखा : नेपाल मानव धर्म सेवा समिति दोलखाले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ।

५८ औँ साक्षरता दिवसका अवसरमा भीमेश्वर नगरपालिका-२ मा रहेको फुलपा प्राथकिम विद्यालयका ५० जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल, इरेजर, पेन्सिल कटर लगायतका स्टेशनरी सामान वितरण गरिएको हो। 

नेपाल मानव धर्म सेवा आश्रमका वाइजी, समिति दोलखाका अध्यक्ष, सचिव नवराज शिवाकोटी लगायतले सामग्री हस्तान्तरण गरेका थिए। 

समितिले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ। शिक्षा अभियान अन्तर्गत यसअघि पनि अन्य विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेका समितिका सचिव नवराज शिवाकोटीले बताए। 

शिक्षण कार्यमा सहयोगका लागि साक्षरता दिवसका अवसरमा विद्यालयका ५० जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले धन्यवाद दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.