काठमाडौं विश्वविद्यालय र बीवाइडीको सहकार्यमा चार्जिङ स्टेशनको शुभारम्भ

काठमाडौं विश्वविद्यालय र बीवाइडीको सहकार्यमा चार्जिङ स्टेशनको शुभारम्भ
सुन्नुहोस्

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) र साइमेक्स इंक प्रा.लि बीवाइडीले धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसनको शुभारम्भ गरेका छन् । केयूका उपकुलपति प्रा.डा भोला थापा र बीवाइडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले संयुक्तरूपमा उद्घाटन गर्दै दिगो विकासको प्रवद्र्धनमा ठूलो कदम चालेको बताएका छन् । 

बीवाइडीले चार्जिङ स्टेशनबाहेक अनुसन्धान र शिक्षण गतिविधिहरूको लागि इलेक्ट्रिक सवारी साधनहरूको कम्पोनेन्टहरू प्रदान गरेको छ । यी कम्पोनेन्टहरू केयूमा प्रयोगशालाको सेटअपमा महत्वपूर्ण हुने केयूले जनाएको छ । विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक ईभी प्रविधिहरूसँग प्रत्यक्षरूपमा सहभागी हुन सहयोग मिल्ने लिउ जुलियाङले बताए । 

‘हाम्रो लक्ष्य पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्धत गर्नु हो । यस प्रकारको साझेदारीमार्फत हामी विश्वमा वातावरणमैत्री सवारी साधनको विकास र दिगो विकासको प्रवद्र्धनमा शिक्षा क्षेत्रको महत्वपूर्ण जिम्मेवारी छ,’ लिउ जुलियाङले भने । 

null

उनले बीवाइडीले प्रभावकार रूपमा कार्बन उत्सर्जनको मुद्दालाई सम्बोधन गरेको दाबी गरे । ‘काठमाडौं विश्वविद्यालय हाम्रो साझेदार हो । हामी विद्यार्थीहरूलाई व्यावहारिक अनुभव र विकसित इलेक्ट्रिक कारमा नवीनतम प्रविधिहरूको प्रयोग गर्न चाहन्छौं,’ उनले भने।

केयूले बीवाइडीको उद्योग, ज्ञान र अनुभवबाट विद्यार्थीहरू धेरै लाभाञ्वित हुने अपेक्षा गरेको छ । काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा थापाले बीवाइडीसँगको सहकार्यले शैक्षिक पाठ्यक्रममा दिगो ऊर्जा समाधानहरू समावेश गर्ने दिशामा एक प्रमुख कदम भएको बताए । 

केयूका प्राज्ञिक औद्योगिक सहकार्य विभागका संयोजक डा. राम लामाले पनि यो साझेदारीको भविष्यबारे आफ्नो धाराण राखेका थिए । ‘यो योजनामा ईभीको प्राविधिक प्रयोगशालाका साथै एक ईभी अनुसन्धान र विकास केन्द्र स्थापना गरिनेछ । बीवाइडीको प्राविधिक र उपकरण सहयोगमा काठमाडौं विश्वविद्यालयमा यो विद्युतीय सवारी साधनको विकासमा मात्रै नभई आउने पुस्ताका लागि विश्वलाई राम्रो ठाउँ बनाउन पनि एउटा कदम हुनेछ,’ डा. लामाले भने।  

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.