पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सव हुँदै, रंगियो बस र होडिङ बोर्डमा नेपाल

पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सव हुँदै, रंगियो बस र होडिङ बोर्डमा नेपाल
सुन्नुहोस्

अष्ट्रेलिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुने भएको छ।

महोत्वसको प्रचार प्रसारका लागि स्थानीय बसहरू पोष्टरसहितको विज्ञापनले सजिएका छन्। पर्थको महत्वपूर्ण मानिने यागन स्क्वायरमा महोत्सवको नेपाली कलाकारहरूसहितको बोर्डले सजिएको छ। त्यसैगरी स्थानीय पत्रिकाहरूमा समेत विज्ञापनहरू प्रकाशित गरिएको छ।

नेपाल महोत्सवको उद्देश्य यहाँ हुर्किँदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा पश्चिम अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताए। एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिवृद्धि गर्न पनि नेपाल महोत्सवले महत्वपूर्ण योगदान दिँदै आएको उनले बताए।

अष्ट्रेलियन डलर एक लाख साठी हजारको अनुमानित बजेट रहेको महोत्सवलाई सफल बनाउन एनआरएनसहित पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया, नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा)सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरूसमेत महोत्सव  सफलताको लागि क्रियाशिल रहेका छन्। 

महोत्सवलाई पश्चिम अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ। मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ। संयोजक घिमिरेका अनुसार यस पटकको महोत्सवमा पश्चिम अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुने भएका छन्। महोत्सवमा एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष बद्री केशी, उपाध्यक्ष विनोद श्रेष्ठ सहित अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरू, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरू पनि आउने तय भएको छ। 

महोत्सवमा विभिन्न ४५ वटा स्टलहरू रहने भएका छन्। संयोजक घिमिरेले भने, 'यस पटकको नेपाल महोत्सव  तपाईँहरूले नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरासमेत हेर्न पाउनुहुनेछ। हामीले बालबालिकालाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं। नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यसपटक बहुसांस्कृतिक समुदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ।' 

एनआरएनए पश्चिम अष्ट्रेलियाका उपाध्यक्ष महेश लामाले १२ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको महोत्सवका दिन सेप्टेम्वर १४ मा सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुनेछ बताए। उनले राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.