अवरुद्ध कर्णाली राजमार्ग १८ घण्टापछि सञ्चालन

अवरुद्ध कर्णाली राजमार्ग १८ घण्टापछि सञ्चालन
सुन्नुहोस्

कालीकोट : बर्सातका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग १८ घण्टापछि खुलेको छ। शनिबार राति गगने खोला, यसमोडलगायतका ठाउँमा पहिरो आई सडक अवरुद्ध भएको थियो। 

पहिरोले अवरुद्ध भएको राजमार्गलाई सडक डिभिजन कार्यालय र नेपाल प्रहरी सशस्त्र प्रहरी तथा स्थानीयको सक्रियतामा खुलेको हो। खाँडाचक्र नगरपालिका-१ का स्थानीय रमेश नेपालीले वर्षा हुनेबित्तिकै राजमार्ग अवरुद्ध हुने भएकाले सरोकारवालाहरूले विकल्प खोज्नुपर्ने बताए।

यस वर्ष पटकपटक वर्षा पछिको पहिरोले सडक अवरुद्ध गर्दै आएको छ। झन्डै एक हप्ता अगाडि गगने खोला, दहीखोला, माला चौरसहितका दर्जनौं स्थानमा पहिरो जाँदा राजमार्ग एक साताजति अवरुद्ध भयो।

यस पटक निरन्तर राजमार्गमा पहिरोले राजमार्ग क्षतविक्षत गरेको छ। डिभिजन प्रमुख चेतनकुमार मण्डलले राजमार्ग पूर्ण रूपमा बन्द भए पनि पानी परेन भने खुलाउन सडक डिभिजन लागे परेको बताए।

यस्तै खाँडाचक्र नगरपालिका-११ निवासी सन्तोष भारतीले दिनानुदिन राजमार्गमा जोखिम बढ्दै गएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.