म्याग्दीमा १३ करोडको आलु उत्पादन

म्याग्दीमा १३ करोडको आलु उत्पादन

बेनी : म्याग्दीमा यस वर्ष १२ करोड रुपैयाँ मूल्य बराबरको आलु उत्पादन भएको छ। जिल्लाभर एक हजार आठ सय ८२.८ हेक्टर क्षेत्रफलमा आर्थिक वर्ष २०८०/०८१ मा ३३ हजार १५०.२३ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ। केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको जानकारी दिइन्।  

‘कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको खायन आलु प्रवर्द्धन कार्यक्रम मार्फत ९१ हेक्टरमा एक हजार सात सय दशमलव  ३८ मेट्रिक टन आलु उत्पादन भएको छ,’ उनले भनिन् ‘कृषक आफै र आलु जोनको कार्यक्रम मार्फत एक हजार सात सय हेक्टर क्षेत्रफलमा भएको आलुखेतीबाट ३१ हजार चार सय पचास मेट्रिक टन आलु उत्पादन भएको हो।’

कृषकले प्रतिकिलो सरदर ३७.५ रुपैयाँमा बिक्री गरेको मूल्यलाई आधार मान्दा जिल्लाभर यसपाली १२ करोड ४३ लाख १२ हजार पाँच सय रुपैयाँको आलु उत्पादन भएको कृषि प्रसार अधिकृत लामिछानेले बताइन्। आर्थिक वर्ष २०७९/८० मा म्याग्दीमा एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। 

आर्थिक वर्ष २०७८/०७९ मा एक हजार १४५ हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २३ हजार ७९३ मेट्रिक टन उत्पादन भएको थियो। स्थानीय तहहरूले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले खायन आलु प्रवर्द्धन र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रम मार्फत आलु खेती विस्तार गरेका छन्। 

खायन आलु कार्यक्रम मार्फत गत वर्ष ३० वटा कृषक समूह र एक वटा कृषि सहकारी संस्थामा आवद्ध एक हजार २११ घरधुरी कृषकले बिउ आलु खरिद, यान्त्रीकरण, सिँचाइ, बजारीकरणका सामान खरिदका लागि दुई करोड ६५ लाख पचास हजार अनुदान पाएका केन्द्रका प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले बताए।  

म्याग्दीको तल्लो क्षेत्रमा हिउँदे र उच्च पहाडी लेकाली क्षेत्रमा बर्खे आलु खेती हुन्छ। अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन। 

उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको वार्षिक छ करोड रुपैयाँ मूल्य बराबरको आलु पोखरा, काठमाडौं लगायत बजारमा बिक्री हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। उत्पादित मध्य ५० प्रतिशत बढी आलु जिल्ला बाहिर बिक्री हुन्छ। 

व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गरेर लगेका अन्नपूर्ण गाउँपालिका–६ खिवाङका कृषक मानबहादुर गर्बुजाले बताए। म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको ६,७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.