'स्टार्टअपसँग अन्नपूर्ण' अभियानका प्रमुख प्रशिक्षक डा. धरेललाई राज्याभिषेक पदक

'स्टार्टअपसँग अन्नपूर्ण' अभियानका प्रमुख प्रशिक्षक डा. धरेललाई राज्याभिषेक पदक
सुन्नुहोस्

क्यानडा : नेपाली मूलका प्रोफेसर डा. तुल्सी धरेललाई क्यानडामा ‘किङ चाल्स थर्ड कोरोनेशन’ पदकबाट सम्मानित गरिएको छ।

क्यानेडियन मल्टी कल्चरल काउन्सिलमा बहुसांस्कृतिकता र नेतृत्व प्रवर्द्धनमा गरेको योगदानको सम्मानमा बेलायतका राज चाल्स तृतीयको राज्याभिषेकको उपलक्ष्यमा उनलाई अन्टारियो प्रोभिन्सले  पदक प्रदान गरेको हो।   

टोरन्टोमा प्रोभिन्सका प्रिमियर डग फोर्डको उपस्थितिमा आयोजित समारोहमा त्यहाँका सोलिसिटर जनरल माइकल एस. कर्जनरले पदक प्रदान गरेका थिए। धरेल अन्नपूर्ण मिडिया नेटवर्कले युवा उद्यमीहरूका उत्पादनहरूलाई प्रवर्द्धन गर्न सञ्चालन गरिरहेका ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानका प्रमुख प्रशिक्षकसमेत हुन्।

‘किङ चाल्स थर्ड कोरोनेसन पदकबाट सम्मानित हुन पाउनु मेरा लागि गौरव हो’, धरेलले भने। प्रवासी नेपालीका रूपमा क्यानडामा बसोबास गरेकामध्ये यो पदक पाउने उनी पहिलो नेपाली मूलका हुन्।

नेपालको चितवनमा जन्मिएका डा. धरेल क्यानेडियन मल्टी कल्चरल काउन्सिलका वर्तमान अध्यक्ष तथा टोरन्टोको सेन्टेनियल कलेजका प्रोफेसर हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.