नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुन संशोधनका लागि विधेयक ल्याउन मन्त्रालयलाई निर्देशन दिएका छन्। उनले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गरेको हुन्। । 

आइतबार साँझ बालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुखहरुसहितको छलफलमा प्रधानमन्त्री ओलीले समयानुकुल र वस्तुनिष्ट कानुन बनाउनुपर्नेमा जोड दिए। 
 

समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिए। ती दुवै विधेयक संसद्मा पेस गर्ने विषय सरकारको सय दिनभित्रको प्राथमिकतामा परेको छ । 

छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताए। गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.