प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ। सोमबार दिउँसो १ बजेका लागि बैठक डाकिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए।
बैठकमा कानुन,न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पति भएको 'विधायन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदन २०८१ 'पेश गर्ने कार्यसूची छ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्यादेवी भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको 'शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल विश्वविद्यालय विधेयक,२०८० माथि छलफल गरियोस्'भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
यसैगरी मन्त्री भट्टराईले नेपाल विश्वविद्यालय विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।