नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न, राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न, राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं: नवनियुक्त प्रधान सेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न लगाएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सिग्देलले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन्। राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने संवैधानिक व्यवस्था छ।null

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (१) बमोजिम नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।’

यस अगाडि सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ १२ गते रथी सिग्देललाई आजबाट लागू हुनेगरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेका थिए। योसँगै सिग्देल नेपाली सेनाको ४५ औं प्रधान सेनापति बनेका ‍हुन्। प्रधानसेनापति प्रभुराम शर्माले अवकाशमा जानुअघि साउन २४ गतेदेखि  कार्यभार बुझबुझारथ गरेर बिदा बसेका थिए। null

 शीतल निवासमा आयोजित एक विशेष समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरेलगायतका उच्च अधिकारीहरु सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.