मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले मिलेको हुन् : पूर्वअर्थमन्त्री महत

मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले मिलेको हुन् : पूर्वअर्थमन्त्री महत
सुन्नुहोस्

डडेल्धुरा : नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले मिलेको बताएका छन्। सोमबार डडेल्धुराको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले अस्थिरताबाट मुलुक जोगाउन दुई ठूला दल कांग्रेस -एमालेबीच सहकार्य भएको बताएका हुन्

‘थोरै समयमा पटक–पटक सत्ता परिवर्तन भयो। प्रचण्डजीमा एमाले र कांग्रेसको सहयोगले प्रधानमन्त्री हुने आफू नै हो भन्ने मानसिकता विकसित भयो र त्यसले अस्थिरताको परिवेश निर्माण भयो,’ पूर्वअर्थमन्त्रीसमेत रहेका महतले भने, ‘अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन्। तर कतिपयले दुई ठूला प्रतिस्पर्धीले मिलेर सरकार बनाएको उपयुक्त भएन भन्ने पनि छन्। मलाई यो परिस्थितिले निम्त्याएको परिणाम हो।’

उनले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गरे। पटक–पटक हुने सरकार परिवर्तनले जनतामा रहेको निराशा र असन्तुष्टिलाई कांग्रेस–एमालेको गठबन्धनले चिर्ने प्रवक्ता महतले विश्वास व्यक्त गरे। ‘विस्तारै देशको आर्थिक परिवेश पनि सकारात्मक बन्दै जान्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। चाँडै सरकारको न्यूनतम साझा कार्यक्रम पनि प्रकाशित हुन्छ,’ उनले भने, ‘यद्यपि, हामीबीचको ७ बुँदे सहमतिमै धेरै कुरा उल्लेख छन्।’ सहमति अनुसार भएका कुरा अक्षरस पालना हुने प्रवक्ता महतले ठोकुवा गरे।

जनतालाई निराशा पर्ने छुट अहिलेको सत्ता गठबन्धनलाई नभएको उनको भनाइ थियो। पूर्वअर्थमन्त्री महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रीत हुनुपर्ने औंल्याए। उनले नेपाली कांग्रेस ०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने गरेर संगठन निर्माणमा लाग्ने पनि बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.