‘स्टार्टअपसँग अन्नपूर्ण ’अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी

‘स्टार्टअपसँग अन्नपूर्ण ’अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहने भएको छ ।  

सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बसुन्धारास्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका डिजिएम रामशरण तिमल्सिनाले हस्ताक्षर गरेका हुन् । 

मुक्तिनाथ मुलुककै पहिलो कृषि कम्पनी हो । ‘समृदिको आधार कृषि,कृषिको आधार प्रविधि’भन्ने नारासहित स्थापित यस कम्पनीले कृषि मूल्य श्रृखंला व्यवस्थापनसँग सम्बन्धित सबै क्षेत्रमा आपसी हितका लागि सहजीकरण गर्दै आइरहेको छ ।

‘अन्नपूर्ण मिडिया नेटवर्कले सञ्‍चालन गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा कृषि साझेदारको रुपमा हामी जोडिन पाउँदा खुसी लागेको छ,'मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकालले भने, ‘युवाहरूलाई कृषि क्षेत्रको उद्यम र उद्योगमा जोडन सक्रिय रुपमा लाग्नेछौं ।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम,एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.