बिपीको राजनीतिक र साहित्यिक योगदानलाई देशव्यापी बनाउनुपर्छ : सभापति देउवा

बिपीको राजनीतिक र साहित्यिक योगदानलाई देशव्यापी बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं : जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यस अवसरमा नेपाली लेखक संघ काठमाडौं शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा साहित्य उत्सव–२०८१ को आयोजना गरेको थियो । कार्यक्रममा बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तनमा बिपी कोइरालाको योगदानको चर्चा गरेका थिए।

बिपी कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानका विषयमा खोज गर्नुपर्ने र देशव्यापी बनाउनुपर्नेमा उनले जोड दिए । सभापति देउवाले बिपी सङ्ग्रहालय सुन्दरीजललाई थप व्यवस्थित र प्रभावकारी रुपमा अघि बढाउनुपर्ने यसमा सबैको सहयोग रहने जिकिर गरे।

त्यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिपी कोइरालाको त्यागलाई सबैले आत्मसाथ गर्नुपर्ने बताए । राजनेता बन्न नीति र कर्म चाहिने भन्दै उनले अहिलेको सभापति शेर बहादुर देउवाले पार्टीका लागि नीति र कर्म गरिसकेकाले त्यागको प्रतिक्षा गरिरहेको बताए।

शर्माले नविन समाज बनाउँदै गर्दा त्यसको नेतृत्व कांग्रेसको नविन नेतृत्वले गर्नुपर्नेमा जोड दिए। उनले महासमितिमा नै संविधानको एक्जिट पोलको प्रस्ताव आफूले गरेको भन्दै राष्ट्रपति एकपटकमात्रै बन्न पाउनुपर्ने र प्रधानमन्त्री दुईपटक बन्न पाउने व्यवस्थाले अस्थीरता रोकिने जिकिर गरे।

त्यस्तै शर्माले बिपी कोइरालाको साहित्यिक योगदानको चर्चा समेत गरे । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री,संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरिएको थियो ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान राखिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.