सहरी विकास ऐन ल्याउने गरी मन्त्रालयले काम गरिररहेको छ : मन्त्री सिंह

सहरी विकास ऐन ल्याउने गरी मन्त्रालयले काम गरिररहेको छ : मन्त्री सिंह
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी विकासका लागि आवश्यक ऐन बनाउने कुरामा आफूले नेतृत्व सम्हालेपछि विशेष जोड दिइरहेको बताएका छन्। नेकपा एमाले सहरी विकास विभागको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री सिंहले समय बदलिए पनि अझै पुरानै ऐनहरू नै कायम रहेको भन्दै त्यसले अब काम नगर्ने भन्दै समयानूकूल ऐन बनाउने कुरामा आफ्नो जोड रहेको बताए । 

उनले  सहरी विकास ऐन ल्याउने गरी मन्त्रालयले तयारी गरिररहेको पनि जानकारी गराए ।  त्यस्तै,उपप्रधानमन्त्री सिंहले गाउँमा पूर्वाधारको विकास भएपनि मानिसहरू सहरमै आउन चाहिरहेको भन्दै सो क्रमलाई रोक्नका लागि मन्त्रालयले काम गरिरहेको बताए। 

गाउँमा शिक्षा,स्वास्थ्य क्षेत्रमा सुधार गर्दै कृषि उत्पादनको राम्रो बजारीकरणको प्रबन्ध गर्न सकिए गाउँमै मानिसहरूलाई रोक्न सकिनेमा उनको जोड थियो । अहिले कांग्रेस र एमालेको संयुक्त सरकार रहेको भन्दै शहरी विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।

सो क्रममा सहरी विकास मन्त्रालय सचिव मणिराम गेलालले काठमाडौं उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाका बारेमा मन्त्रालयले अध्ययन गरिरहेको बताए। उनले उक्त आदेशविरुद्ध भ्याकेटमा जान सकिने जानकारी दिए।

एमाले सहरी विकास विभागका प्रमुख शेरबहादुर तामाङले उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने आदेश व्यवहारिक नभएको र पुनरावलोकन गर्नुपर्ने भन्दै मन्त्रालयमा ज्ञपन पत्र बुझाएको जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.