राजदूत नियुक्तिका कमजोरीलाई आगामी दिनमा सुधार्दै लैजान्छौं : परराष्ट्रमन्त्री देउवा

राजदूत नियुक्तिका कमजोरीलाई आगामी दिनमा सुधार्दै लैजान्छौं : परराष्ट्रमन्त्री देउवा
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन नसकेको स्वीकार गरेकी छन्। सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा विविध कारणले केहि कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि लैजाने बताएका हुन्।

संविधानमा समानुपातिक समावेशिता विषय उल्लेख गरेपनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउँदा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ। उनले महिला राजदूत तोक्नका लागि पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गरे ।

मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिहरुलाई पनि गहन रुपमा सुनुवाई गरेर मात्रै अनुमोदन गर्न समिति समक्ष आग्रह गरे।

बैठकमा समिति सदस्यहरुले एकैपटक १७ जना राजदूतको सिफारिस हुदा पनि समावेशी समानुपातीकमा सरकारले ध्यान दिन नसकेको धारणा राखेका थिए । सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरुको समितिले सुनुवाई समेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.