इथानोलको मूल्य एक महिनाभित्र तोक्छौं : मन्त्री भण्डारी
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार इथानोलको मूल्य एक महिनाभित्र तोक्ने जानकारी गराएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिए ।
मन्त्री भण्डारीले भने,‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ। यो पनि एक महिनाभित्र टु|ग्याउँछौं।’,
इथानोल उत्पादनले दैनिक दुई लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकामा सरकारले आयल निगमलाई आवश्यक नीतिगत व्यवस्था गर्न निर्देशन गरिसकेको उनको भनाई छ। मन्त्री भण्डारीले इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्ने बताए।