मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना

मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना
सुन्नुहोस्

धनकुटा : मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना भएको छ। प्रदेश नं १-०२-००२ ख २६१ नम्बर बस ठेलेर स्टार्ट गर्ने क्रममा धनकुटा छथरजोरपाटी गाउँपालिका-६ स्थित कोशी लोक मार्गमा दुर्घटनामा परेको हो। 

बसमा २५ जना यात्रु थिए। दुर्घटनामा संखुवासभा चैनपुर नगरपालिका- १० खराङ बस्सेका ७१ वर्षीय भल बहादुर कटुवाल घाइते भएका छन्। 

उनको स्थानीय क्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ। धनकुटाको छथरजोरपटी गाउँपालिका-६ मझुवाका ४६ वर्षीय चालक हरी बहादुर कटुवाललाई प्रहरी चौकी सिधुवाले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.