सर्वोच्चको फैसलाले जनता मारमा परे, पुनरावलोकनमा जानुपर्छ : सांसद पन्त

सर्वोच्चको फैसलाले जनता मारमा परे, पुनरावलोकनमा जानुपर्छ : सांसद पन्त
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले सर्वोच्चको फैसलाले जनता मारमा परेको पुनरावलोकनमा जानुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा अदालतको फैसलामा  टिप्पणी गर्न मन नहुँदा नहुदै पनि उक्त फैसलाले जनता मारमा परेको पुनरावलोकनमा जानुपर्ने बताएका हुन्। 

जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुने अपेक्षा गरेको उनको भनाई छ । पन्तले सरकार पुनरावलोकनमा नजाने हो भने जनताको सम्पत्तिमाथिको हक हनन हुने जिकिर गरे।

पन्तले जनताको हितमा कदम चाल्न काठमाडौं महानगर प्रमुख बालेन शाहलाई सुझाव दिए । उनले भने,‘उहाँको सूचनाले हलचल मच्चाएको छ । कतिपय कुराबाट पछि हट्नुभएको हो कि जस्तो पनि भएको छ । कसैसँग सल्लाह नगरी जारी गरेको सूचनाले हो।’ 

उनले महानगरको आदेशका नाममा जनतालाई त्रसित बनाउन नहुने उल्लेख गरे । महानगरले गर्ने राम्रा काममा सदैव आफूहरुको साथ रहने उनको भनाई छ। उनले भने,‘जनताको मनस्थिति, मनोभावना र उनीहरुलाई परेको अन्यायलाई ध्यानमा राख्दै सरकार तुरुन्तै पुनरावलोकनमा जाओस् । सर्वोच्च अदालतलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– उपत्यका जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुन्छ भन्ने अपेक्षा गरेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.