खोला मापदण्डसम्बन्धी सर्वोच्चको फैसला

जनतालाई घरबारबिहीन बनाउनु हुँदैन, पुनरावलोकनमा जानुपर्छ : नेपाल

जनतालाई घरबारबिहीन बनाउनु हुँदैन, पुनरावलोकनमा जानुपर्छ : नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन हुनुपर्ने बताएका छन्।

पार्टीको बागमती प्रदेश कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको अदालती फैसलाबाट उत्पन्न उपत्यकाका नदी किनाराको जग्गा समस्या र समधान विषयकअन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले अदालतको फैसलाले जनतालाई निकै असर पर्ने देखिएकाले पुनरावलोकनमा जानुपर्ने बताएका हुन्।

अदालतले पनि जनताको समस्यालाई मध्यनजर गर्दै उचित न्याय दिने उनको भनाइ छ । उनले राज्य वा कसैको कारणले जनतालाई समस्यामा पार्न नहुने र दिर्घकालीन योजना बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले समयमा नै कानुन बनाउन नसक्दा र राज्य कमजोर हुँदा बेलाबेला विभिन्न समस्या देखापर्ने गरेको धारणा राखे। उनले कुनै पनि अवस्थामा नागरिकलाई घरवारबिहीन बनाउन नहुने बताए। आफूहरू अहिले प्रतिपक्षमा रहेकाले बोल्ने र दबाब दिनेमात्रै काम गर्ने भन्दै उनले राज्यका निकायमा रहेका व्यक्तिहरूले काम गर्नुपर्ने धारणा राखे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.