सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ। आइतबार एमाले र कांग्रेसको शीर्ष नेताको बैठकपश्चात आजका लागि बैठक तय भएको हो।

बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्। 

यसैगरी गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला,जनमतका सांसद एवम् पूर्वमन्त्री अब्दुल खानलगायतका नेताहरु सहभागी छन्।

null

बैठकमा सरकार सञ्चालनका लागि बनाउन लागिएको न्यूनतम साझा कार्यक्रम, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। आइतबार कांग्रेस र एमालेका शीर्ष नेताले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गर्ने सहमति गरेका थिए।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र  प्रकाशशरण महत, एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य राख्ने सहमति भएको थियो। आजको बैठकले उक्त नामसमेत अनुमोदन गर्ने बताइएको छ।

null

बैठकमा कोसी र गण्डकीमा भएको सरकारका सकसबारे पनि छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.