जीपीएलको उपाधि गल्याङ ब्लास्टरलाई

जीपीएलको उपाधि गल्याङ ब्लास्टरलाई
सुन्नुहोस्

स्याङ्जा : गल्याङ प्रिमियर टि-ट्वान्टी लीग क्रिकेट (जीपीएल) को उपाधि गल्याङ ब्लास्टरले जितेको छ।

गल्याङ नगरपालिका-१ मालुङगा खेल मैदानमा भएको फाइनल खेलमा गल्याङ इगल्सलाई पराजित गर्दै ब्लास्टरले उपाधि पाएको हो। इगल्सले दिएको ९२ रनको लक्ष्य ब्लास्टरले १० ओभरमा २ विकेट गुमाउँदै भेटाएको हो।

इगल्सले १४ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो। उपाधि विजेता गल्याङ ब्लास्टरले १ लाख नगदसहित शिल्ड पाएको छ।

यसैगरी दोस्रो भएको गल्याङ इगल्सले ५० हजारमा पाएको छ। गल्याङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा आठ समूह प्रतिस्पर्धी थिए। 

गल्याङ क्रिकेट संघले पहिलो पटक झण्डै एक महिने प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको क्रिकेट संघका अध्यक्ष ठगेन्द्र थापाले बताए। भदौ २२ देखि सुरु प्रतियोगिता सुरु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.