नवनियुक्त प्रधानसेनापति सिग्देलले ‘जंगी अड्डा’मा गरे पदभार ग्रहण

नवनियुक्त प्रधानसेनापति सिग्देलले ‘जंगी अड्डा’मा गरे पदभार ग्रहण
तस्बिर : नेपाली सेना
सुन्नुहोस्

काठमाडौं : नेपाली सेनाको ४५ औं प्रधानसेनापति अशोकराज सिग्देलले सोमबारबाट आधिकारिक रूपमा कमाण्ड सम्हालेका छन्। प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन्।  

शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबार देखि नै अवकाशमा गएका थिए । 

पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र दर्ज्यानी चिह्न प्राप्त गरेका थिए। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (१) बमोजिम नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो । साथै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।’

null

को हुन् अशोकराज सिग्देल ?
२०२३ माघमा रुपन्देहीको भैरहवामा जन्मिएका सिग्देल २०४३ सालमा सैनिक सेवामा प्रवेश गरेका हुन्। उनले नेपाली सेनामा ३९ वर्ष सेवा गरिसकेका छन्। नेपाली सेनाको अधिकृत आधार तालिम सम्पन्न गरेर उनी २०४५ सालमा सहायक सेनानी दर्जामा श्री देवीदत्त गणमा नियुक्त भएका थिए। 

सिग्देलले सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीबाट कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन्। यस्तै नेपाली सैनिक वार कलेज नगरकोटबाट हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम पूरा गरेका छन्। यस्तै भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स र चिनबाट नेशनल डिफेन्स कोर्स पूरा गरेका छन्। 

सिग्देल संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यका लागि युगोस्लाभिया, ताजकिस्तान र लाइबेरियामा समेत सहभागी भएका थिए। ३८ वर्षे लामो सैनिक जीवनमा उनले विभिन्न कमाण्ड र जिम्मेवारी पूरा गरेका छन्। महारथी सिग्देलले त्रिभुवन विश्व विद्यालयबाट तथा चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट रणनीतिक अध्यननमा स्नातकोत्तर पुरा गरेका छन्। उनी सैनिक दिर्घ सेवा पट्ट र सुप्रबल जनसेवाश्री लगायतका मानपदवी तथा पदकबाट विभुषित भएका छन्। संगठनमा सिग्देल शान्त, शालीन र सटीक निर्णय लिनसक्ने क्षमता भएको व्यक्तिको रुपमा चिनिन्छन्। 

प्रधानसेनापती सिग्देलले सन् २०२२ मा भएको अमेरिकी नेपाल तेस्रो ल्याण्डफार्स वार्ताका लागी नेपाली सेनाको प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका घटनालाई नजिकबाट नियाल्ने गरेका छन्। उनले सैनिक संगठनमा उत्कृष्ट योगदान पुर्‍याएबापत दुईपटक प्रधानसेनापती प्रशंसा पदक समेत प्राप्त गरेका थिए।null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.