नौबिसे-नागढुंगामा लेदोसहितको पहिरो, यातायात ठप्प
धादिङ : काठमाडौं छिर्ने मुख्य नाका पहिरोका कारण अवरुद्ध भएको छ। नौबिसे-नागढुंगा सडकखण्डमा लेदोसहितको पहिरो आएपछि सडक अवरुद्ध बनेको हो।
ठूलो मात्रामा लेदो थुप्रिएकाले यातायात सञ्चालनका लागि पाँच घन्टा बढी समय लाग्ने प्रहरीको भनाइ छ।