पौडी खेल्न गएका भद्रपुरका एक युवकको मृत्यु, अर्का बेपत्ता

पौडी खेल्न गएका भद्रपुरका एक युवकको मृत्यु, अर्का बेपत्ता
सुन्नुहोस्

झापा : झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा पौडी खेल्न गएका भद्रपुरका एक युवकको मृत्यु भएको छ। अर्को एक युवक बेपत्ता भएका छन्। 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ का १५ वर्षीय फिरोज शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै भद्रपुर- ५ कै १५ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

भद्रपुर माध्यमिक विद्यालय कक्षा १० अध्ययनरत उनीहरू दुईसहित चार जना साथी पौडी खेल्न दोमुखा गएका थिए। सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएका थिए। 

दुईजना निस्किन सफल भए। त्यसमध्ये शेखको शव भेटिएको डीएसपी चन्दले बताए। राईको खोजीका लागि प्रहरी परिचालन गरिएको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.