गठबन्धनको राजनीति गर्नु भनेको बिपीको सिद्धान्तलाई अपमान गर्नु हो : गगन थापा

गठबन्धनको राजनीति गर्नु भनेको बिपीको सिद्धान्तलाई अपमान गर्नु हो : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सुद्धीकरणको बाटोमा हिंडेको बताएका छन्। बिपी जन्मजयन्तीको अवसरमा चितवनमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा गठबन्धन नगर्ने एकमतको निर्णय महासमितिको बैठकबाट भइसकेको बताए। 

उनले निर्वाचन हारियो भने सबै कुरा सकिन्छ भन्ने सोच कांग्रेसले त्याग्नुपर्ने बताए। 'कांग्रेसले निर्वाचन पटक-पटक लड्छ। निर्वाचन जित्ने आकांक्षा पनि राख्छ। जित्ने प्रयत्न पनि गर्छ। तर, त्यो निर्वाचन जितिन्छ कि हारिन्छ भन्ने लोभले आफ्नो चुनाव चिन्ह छाड्दैन,' उनलेभ ने। रुखबाहेक अर्को चुनाव चिन्हको भारी बोक्दैन भन्ने संकलप महासमिति बैठकले सच्चाएको उनको भनाइ छ। उनले गठबन्धनको राजनीतिले बिपीको विचारलाई अपहेलना गरेको बताए। उनले बिपीको बाटोबाट नबरालिन र गठबन्धनको राजनीति त्याग्न आग्रह गरे। 

निर्वाचन जित्ने वा नजित्नेसँग बिपीको विचारलाई तुलना गर्न नसकिने उनले बताए। महामन्त्री थापाले चिर्वाचन जितेर सरकारमा पुग्नुमात्रै सबैथोक नभएको समेत बताए। 

'निर्वाचन जित्नका लागि जोसँग मिलेपनि हुन्छ। जे गरे पनि हुन्छ। अर्काको पार्टीको चुनाव चिन्ह बोकेर हिंडे पनि हुन्छ भन्ने निष्कर्षमा  पुग्नु भनेको बिपीको विचारबाट बरालिनु हो,' उनले भने। उनले गठबन्धनको राजनीति कांग्रेसको आधरभूत चरित्र, स्वभाव, आस्था र विचारसँग नमिल्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.