सत्ता गठबन्धनमा संविधान संशोधनको विषय प्रवेश, माओवादीको भ्रमलाई तोडेर अघि बढ्ने

सत्ता गठबन्धनमा संविधान संशोधनको विषय प्रवेश, माओवादीको भ्रमलाई तोडेर अघि बढ्ने
सुन्नुहोस्

काठमाडौं : सत्ता गठबन्धनको बैठकमा संविधान संशोधनको विषयले प्रवेश पाएको छ। बालुवाटारमा सोमबार भएको बैठकमा संविधान संशोधनको एजेण्डालाई अगाडि बढाउने विषयमा छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।

कांग्रेस-एमालेबीच भएको ७ बुँदे सहमतिको जगमा सरकार बनेकाले संविधानको एजेन्डा पनि अगाडि बढ्ने उनले बताए। 'संविधान संशोधनका विषयमा माओवादीले भ्रम फैलाएको छ। संविधान संशोधनसँग जसरी अनर्गल प्रचार गरिएका छन्। त्यसलाई तोडदै संविधान संशोधनका विषमा व्यवस्थित गृहकार्य गरेर अघि बढ्नेछौं,' उनले भने।

७ बुँदे सहमतिको जगमा सरकार बनेकाले संविधान संशोधन हुनेमा ढुक्क हुनेले प्रतिवद्धता जनाए। उनले सरकारको काम कारबाहीको विषयमा गठबन्धनमा साझा धारणा बनाउने विषयमा पनि छलफल भएको बताए। 'सरकारको काम कारबाहीमा सबै दलको मत एउटै होस् भन्ने चाहना छ,' बर्तौलाले भने। नेताहरूबीच सरकार र संसदको कामलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उनले बताए।

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संविधान संशोधनको विषयमा साझा सहमति आवश्यक रहेको बताए। 'संविधान संशोधन जटिल विषय हो। यसमा सबैको साझा सहमति हुनु आवश्यक छ। संविधानका कुन-कुन विषय संशोधनमा लैजाने भन्ने विषयमा बढीभन्दा बढी सहमति आवश्यक छ। यसलाई दलीय र जनतामा पनि लैजानुपर्छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.