नेपाल फर्किने क्रममा तुल्सीपुरका चौधरीको मलेसिया विमानस्थलमा मृत्यु

नेपाल फर्किने क्रममा तुल्सीपुरका चौधरीको मलेसिया विमानस्थलमा मृत्यु
सुन्नुहोस्

वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका रुपलाल चौधरीको मृत्यु भएको छ । दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी  गत शनिबार दिउँसो नेपाल फर्किने क्रममा मलेसियाको क्वालालम्पुर एयरपोर्टमा नै मृत्यु भएको थियो ।

आफन्त परिवारका अनुसार गत शनिबार नेपाली समय अनुसार  ३ बजेको उनको फ्लाइट थियो । उनी बोर्डिङ पास लिएर र लगेजहरु पठाएर फ्लाइटको प्रतीक्षामा थिए।

सोही समयमा  रुपलाल अचानक ढलेर बेहोस भए। साथै उडान हुनुअघि आफन्तसँग कुरा गरेका थिए।

चार वर्षअघि मलेसिया पुगेका चौधरी नेपाल फर्केने क्रममा मृत्यु भएसँगै गाउँ नै शोकमा परेको छ । उनको मृत्यु हृदयघातबाट भएको कारण जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.