एप्पलद्वारा आइफोन-१६ सिरिज लन्च, यस्ता छन् विशेषता

एप्पलद्वारा आइफोन-१६ सिरिज लन्च, यस्ता छन् विशेषता
सुन्नुहोस्

एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ । यस वर्ष एप्पलले अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रमलाई 'इट्स ग्लोटाइम' नाम दिइएको छ। कार्यक्रममा एप्पल वाच सिरिज–१०, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स , आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स लन्च गरिएको थियो ।

आइफोन-१६ सिरिजका विशेषता

नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । 

एप्पल इन्टेलिजेन्स भने केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुने जनाइएको छ।

आइफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आइफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।

आइफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ। आइफोन-१६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुने उल्लेख गरिएको छ। 

क्यामेरा कन्ट्रोल फिचरसँगै नयाँ एक्शन बटन थपिएको छ। चिपसेटको कुरा गर्दा, एप्पल दुई पुस्ता अगाडि बढेको र नयाँ सिरिजमा ए१८ चिपसेट दिएको छ। आइफोन १५ मा ए१६ चिपसेट थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.