टीआरसी विधेयक पारित हुनु शान्ति सम्झौताका पक्षधरका लागि गौरवको विषय : प्रचण्ड

टीआरसी विधेयक पारित हुनु शान्ति सम्झौताका पक्षधरका लागि गौरवको विषय : प्रचण्ड
फाइल तस्बिर।
सुन्नुहोस्

सप्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक पारित हुनु शान्ति सम्झौताका पक्षधरका लागि गौरवको कुरा भएको बताएका छन्। सप्तरीको सुरुङ्गा नगरपालिका- २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै उनले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताएका हुन्। 

उनले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र बेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने बताए ।‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुने छ । सहिद तथा बेपत्ता यौद्धाहरुको सम्मान, उनीहरुका परिवारको हेरचाह र सन्तानको पठनपाठन तथा रोजगारीको जिम्मा अब सरकारको हुनेछ’ उनले भने, ‘केही समयभित्रै आयोग बनेर यसको प्रक्रिया सुरु भयो भने सहिद तथा बेपत्ताका परिवारले साँच्चिकै आफ्ना आफन्तले देश र जनताको परिवर्तनका लागि रगत बगाएका रहेछन् भन्ने गौरव अनुभूति हुने छ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले केही समयअघिसम्म जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने हुन् कि भन्ने चिन्ता रहेकोमा अब यो चिन्ता समाधान भएको बताए । उनले  समावेशी समानुपातिक प्रतिनिधित्वसहितको जनतको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता पनि देखिने गरेको उल्लेख गरे। अध्यक्ष प्रचण्डले भने,‘विगतमा संविधान मिचेर पटकपटक संसद विघटन गर्ने परिघटना हामीले व्यहोरेकै हौं, हामीले सडकमा गएर जनतालाई साथ लिएर खबरदारी गरेपछि मात्रै संविधान मिच्ने र संसद विघटन गर्ने असंवैधानिक कदम परास्त भएको थियो । अहिले पनि फेरि जनताका अधिकारमाथि हुनसक्ने प्रहारका विरुद्ध निरन्तर सचेततापूर्वक खबरदारी गर्नु आवश्यक छ । जरुरी पर्दा संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउन एकजुट भएर सडकमै जानुपर्ने पनि हुनसक्छ, त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने भएको छ।’

उनले सरकारले सही काम गरे आफूरुले अवरोध नगर्ने तर सरकार जनताको चाहना, भावना र सुशासनका विरुद्ध गयो भने जनतालाई साथ लिएर आन्दोलनमा जाने बताए । आफूले संसदमा गरेको सम्बोधनपछि देशैभरिका जनताले सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो अधिकारप्रति जनता  बढी नै सचेत रहेको आफूले पाएको पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.