काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दुईवटा मन्त्रालयसम्बन्धी सोधेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यसूची छ।
बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीमा उल्लेख छ। प्रकाशमान सिंह सहरी विकास मन्त्री र विद्या भट्टराई शिक्षा मन्त्री छन्।
अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नेछन्।
यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री गुरूङले सार्वजनिक सेवा प्रशारण विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।