प्रश्न उठेपछि राजीनामा दिएको स्मरण गर्दै बास्कोटा भने : उपसभामुखमाथि प्रश्न उठ्यो, नैतिकता भए राजीनामा दिनुहोस्

प्रश्न उठेपछि राजीनामा दिएको स्मरण गर्दै बास्कोटा भने : उपसभामुखमाथि प्रश्न उठ्यो, नैतिकता भए राजीनामा दिनुहोस्
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफूलाई सहि प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई सुझाव दिएका छन् । 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले विभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि विभिन्न प्रश्न उठेकाले आफूलाई सहि प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्।

लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सहि प्रमाणित गर्ने बाटो पनि लोकतन्त्रमा रहेको उनको भनाई छ। आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण गर्दै बास्कोटाले प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने जिकिर गरे।

‘बालबालिका वा अन्य मान्छेहरू अमेरिका पठाउने सन्दर्भमा उपसभामुखबारे प्रश्न उठ्यो। केही साथीहरूले उहाँको बारेमा प्रश्न उठाउन हुँदैन, लोकतन्त्रको चीरहरण हुन्छ भन्नुभयो।’,उनले थपे, ‘मेरो सामान्य ज्ञानले के भन्छ भने, सबैमाथि प्रश्न उठाउन पाइन्छ र जसलाई नैतिकताको कसीमा जाँचिनु छ भने त्यसलाई चुनौती दिन,अरूलाई गलत प्रमाणित पनि लोकतन्त्रमा, कानुनीराजमा हुन्छ ।’

संसदको बैठकको सुरुवातमै प्रमुख सचेतक सन्तोष परियारले संवैधानिक परिषदबाट बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाउँदै लोकतन्त्रको हत्या गर्न लागिएको बताएपछि बास्कोटाको उक्त भनाई आएको हो।

बास्कोटाले सांसदहरुमाथि नै प्रश्न उठ्दा के गर्ने भनेर कानून बनाउनुपर्नेमा जोड दिए। उपसभामुखका बारेमा सरकारले कुनै निर्णय गर्यो की गरेन भन्ने कुरा सरकारको बिसनेस नभई संसदको बिजनेस भएको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.