आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
सुन्नुहोस्

भेटमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताए।

काठमाडौं : अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिएका हुन्।

अर्थ मन्त्रालयका अनुसार आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो। 

क्षेत्रीय निर्देशक फाखौरीले हरित उर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गरे। उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

भेटमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताए। उनले नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.