पूर्वमुख्यमन्त्री कार्कीको अनसनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन, हस्तक्षेप गर्ने तयारी

पूर्वमुख्यमन्त्री कार्कीको अनसनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन, हस्तक्षेप गर्ने तयारी
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको अनशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय प्रशासनले अनशनमा हस्तक्षेपको तयारी गरेको छ। 

अनशनस्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर हस्तक्षेप गर्न लागिएको हो। समर्थकहरूसहित पुगेका कार्कीले निषेधाज्ञाको उल्लंघन गर्दै निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा अनशन सुरु गरेका थिए।

कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक अनशन सुरु गरेका हुन्। उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो। तर, त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की अनशन बस्न ४ बजे पुगेका थिए। 

null

सुरुमा निषेधित क्षेत्रमा अनशन नबस्न आग्रह गरिने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। जबरजस्ती गरेमा हटाइने उनको भनाइ छ। निषेधित क्षेत्रमा अनशन बस्न नपाइने भट्टराईले बताए। 

कार्कीको अनशनलाई रोक्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा लगाइएका स्थानमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, र्‍याली, धर्ना, प्रदर्शनीलगायतका कार्य  गर्न रोक लगाइएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.