एन्फा महिला लिगमा सुदूरपश्चिमविरुद्ध आर्मीको गोलको वर्षा

एन्फा महिला लिगमा सुदूरपश्चिमविरुद्ध आर्मीको गोलको वर्षा
सुन्नुहोस्

काठमाडौं : राजधानीमा जारी एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको निराशाजनक प्रदर्शनले निरन्तरता पाएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेश त्रिभुवन आर्मी क्लबसँग १४–१ को फराकिलो अन्तरले पराजित भएको हो।

आर्मीका लागि दिपा शाहीले एक्लैले पाँच गोल गरिन्। त्यस्तै अनिता लम्जेलले दुई गोल गर्दा बिमला चौधरी, हिमा चौधरी, शान्ति बिक, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्री देवी मगरले १–१ गोल गरिन्। सुदूरपश्चिमका लागि एकमात्र गोल निलम सिंहले खेलको ६७ औं मिनेटमा गरेकी थिइन्।

सुदूरपश्चिमले पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ को फराकिलो हाल व्यहोरेको थियो भने अर्को खेलमा पुलिस क्लबसँग ९–० को अन्तरले पराजित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.