केदार कार्कीको अनशनस्थलमा झडप

केदार कार्कीको अनशनस्थलमा झडप
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको अनशनस्थलमा स्थानीय प्रशासनले हस्ताक्षेप गरेको छ। 

त्यस क्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएको छ। निषेधित क्षेत्रमा आमरण अनशन बसेका कार्की र उनका समर्थकलाई हट्नका लागि स्थानीय प्रशासनले आग्रह गरेको थियो।

माइकिङ गर्दा पनि नहटिकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले केही बेरअघि हस्तक्षेप गरेको हो। अहिले दुई पक्षबीच दोहोरो झडप भइरहेको छ। 

केदारका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुडा गरिरहेका छन्। सुरक्षाकर्मीले लाट्ठी चार्ज गरिरहेका छन्। झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन्। केदारका समर्थक १ जनालाई प्रहरीले पक्राउ गरेको छ। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.