मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली बिच रिर्सोटमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली बिच रिर्सोटमा विशेष छुट
सुन्नुहोस्

काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको “त्रिशूली बिच रिर्सोट” सँग विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

यस व्यावसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले यस रिर्सोटमा बसाई तथा खानामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल / ईन्टरनेट बैंकिङद्वारा गर्न भुक्तानी गर्नुपर्नेछ।

साथै, बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.