मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले आज
काठमाडौं : विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आज ललितपुरको गोदावरी कन्भेन्सन हलमा हुँदैछ।
फिनालेका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जनाएको छ। ग्रान्ड फिनालेमा विजेता हुने एक जनाले २५ हजार अमेरिकी डलरबराबरको ताज दाबी गर्नुको साथै आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने छिन्।
यस वर्षको मिस युनिभर्स नेपाल प्रतियोगितामा बोल्न तथा सुन्न नसक्ने प्रतियोगीको साथै विवाहित, गैरआवासीय नेपाली ९एनआरएन०लगायत डाक्टर, इन्जिनियर र पाइलट तथा विभिन्न पेसाकर्मीको सहभागिताले झनै विशेष बनाएको छ। महिनौंको उत्कृष्ट तालिम र परामर्शपछि २२ प्रतियोगी मिस युनिभर्सको ताजका लागि अन्तिम प्रतिस्पर्धा गर्न तत्पर रहेका छन्। मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले एपीवान टेलिभिजनबाट साँझ ६ बजेदेखि प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएका छन्।