प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने
काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०'पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
यसैगरी बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक,२०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री चौरसियाले विधायनसम्बन्धी विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।