अरु यातनाले चिच्याउँदा रमाउने गर्थे  ‘सुगर ड्याडी’ आशिष

अरु यातनाले चिच्याउँदा रमाउने गर्थे  ‘सुगर ड्याडी’ आशिष
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बुढानीलकण्ठमा घर घडेरी भएका ३३ वर्षीय आशिष देउला हाल प्रहरी हिरासतमा छन् । ४ /५ वटा कम्पनीका सञ्चालक देउला आफ्नै पजेरो चढेर हिँड्थे । दिन बिराएर ठमेलको विभिन्न क्लब, दोहोरी साँझ पुग्नु उनको दैनिकी हो । क्लबमा आउने अन्य युवाहरूले खर्च गरेको पैसासमेत उनी आफैंले तिरिदिन्थे । 

उनीविरुद्ध यही भदौ १८ गते एउटा जाहेरी दर्ता भएको छ । जाहेरी अनुसार उनले गरेको कसुर सुन्दै डरलाग्दो छ । आफूलाई रिस उठेका व्यक्ति र बदला लिन पर्ने व्यक्तिहरूलाई उनले तातो आइरनले डाम्ने गरेको प्रहरीले जनाएको छ। पानी तताउने विद्युतीय रड तताएर शरीरभरि हिर्काउने गर्थे । 

जिल्ला प्रहरी परिसर काठमाडौंमा उनलाई भेट्दा आकासी रंङको सुकिलो टिसर्टमा थिए । आफूलाई निर्दोष सावित गर्न निकै कोसिस गरिरहेका थिए । आफूलाई फसाउन खोजेकाले बदला लिन आइरनले डामेको बताइरहेका थिए । रिस उठेको बेलामा तातो रडले हिर्काएको बताइरहेका देउलालाले आफ्नो कर्तुत भनिरहँदा अलिकति पनि असहज अथवा पश्चताम अनुभव गरेको अनुहारमा देखिएन । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार ३३ वर्षका देउलाविरुद्ध शरीर बन्धक तथा ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा जाहेरी दर्ता गरिएको छ । विशाल पोडेले दिएको जाहेरीमा देउलाले रिस साँध्नको लागि कतिसम्म क्रुर यातना दिने रहेछन् विवरणमा उल्लेख छ । 

प्रहरीका अनुसार जाहेरवाला र आरोपित देउलाको समूहबीच ठमेलस्थित सेनेट क्लबमा भेट भइ चिनजान भएको थियो । उक्त समयमा देउला ६/७ जनाको समूहमा क्लवमा जाने गर्थे । क्लब जाने, मदिरा खाने र रंग रमाइलो गर्ने क्रममा जाहेरवाला र देउलाको समुहबीच विवाद बढेको थियो । यही विवादका बीच  गत भदौ ७ गते राती देउलाको समूहले बा७च ६४६१ नम्बरको पजेरोमा राखेर पीडितलाई क्रुर यातना दिएका थिए । 

प्रहरीमा दर्ता भएको जाहेरीमा देउलाले पीडितलाई काठमाडौं १२ सवलबाहलस्थित आशिषको आफन्तको घरमा लगेर क्रुर यातना दिएको उल्लेख छ । जाहेरी अनुसार पानीको पाइप जोड्नको लागि प्रयोग हुने फलामको आइरन बिजुलीमा जोडी पीडित विशालको ढाडमा सबैतिर डामेका थिए । कोठामा थुनेर मार्ने नियतले आइरनले डामेका उनी पीडितले पीडाले चुच्चाउँदा रमाइलो लाग्यो, मजा आयो भन्दै खुसी हुने गर्थे । उनीहरूले विशाललाई बेहोस बनाएर टेकु दोभानमा लगेर फालिदिएका थिए । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारी भन्छन्, 'देउलाको आपराधिक मनस्थिति अलि असामान्य छ । उनले जाहेरवालालाई मात्रै नभएर अन्यलाई समेत चरम यातना दिएको खबर सुनेका छौं । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।' 

करिब ३ घण्टासम्म बन्धक बनाएर आशिषसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । धनी बाबुका छोरा आशिष रात्री क्लबको नियमित ग्राहक हुन् । सिनेट, ओम्निया र एलओडीमा उनी निरन्तर जान्छन् ।

प्रहरीले आशिषसँगै अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ । देउलाको समूहमा २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ आबद्ध छन् । 

सामाजिक सञ्जालका ‘सुगर ड्याडी’

सम्पन्न परिवारका आशिष सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’का नामले चिनिन्छन् । यही नाममा उनले विभिन्न भिडियो पोष्ट गरेका छन् । बुढ्यौली झल्कने पुरुषको नकाब लगाएर उनी रात्रिकालीन क्लब धाउने गर्थे । इन्स्टाग्राम र टिकटक अकाउन्टमा उनले पैसाको नोट उडाउँदै गरेको, पैसाको ओछ्यानमा सुतेको भिडियो बनाएर पोष्ट गरेका छन् । १२ कक्ष पास गरेका आशिष क्लबमा जाँदा उनी ३० देखि ४० हजार रुपैयाँ उडाउँछन् । कहिले दैनिक रूपमा त कहिले हप्ताको ३ दिन क्लब जाने गरेको उनले स्वीकार गरेका छन् । 

प्रहरी हिरासतमा भेटिएका आशिषले पैसा उडाउनु आफ्नो सोख भएको बताएका थिए । उनी भन्छन्, ‘ऋण लिएको बेलामा पैसा साथमा हुन्छ । यही बेलामा भिडियो बनाउने गरेको छु । प्याङ्क गर्नु, अभिनय गर्नु र क्यारिकेचर गर्नु मेरो रुची हो । उनको ‘सुगर ड्याडी–५० मी’ नामको टिकटक आइडी छ ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.