उपसभामुखबारे रास्वपाले भन्यो : हस्ताक्षर गर्नु गलत हो तर अहिले 'पर्ख र हेर' को अवस्थामा छौं

उपसभामुखबारे रास्वपाले भन्यो : हस्ताक्षर गर्नु गलत हो तर अहिले  'पर्ख र हेर' को अवस्थामा छौं
फाइल तस्बिर।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ। आज बसेको सचिवालयको बैठकमा उपसभामुख रानामगरमाथि महाभियोग लगाउने वा राजीनामा दिने भन्ने विषय उठेकाले पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ। उहाँले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ। त्यो सही विषय त थिएन। आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नु भएको छ। गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो।’ उनले भने,‘यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि। छानबिन हुनुपर्छ। रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ।’

उनले कांग्रेसलाई लक्षित गर्दै संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि यो कदम चालिएको रास्वपाको ठहर छ। यो चर्चाको विषयमा मात्र भएकाले रानाविरुद्ध कुनै हस्ताक्षर संकलन भइनसकेकाले छलफलमात्र भएको उनले बताए। झाले सदनमा आज सत्तापक्षको प्रस्तुति कस्तो हुन्छ त्यसपश्चात थप छलफल गर्ने उनको बताए। 

उनले भोलीसम्म राजनीति कता जान्छ त्यो भन्न नसकिने उल्लेख गरे। झाले भने,‘हामी वेट एण्ड वाचको सिचुयसनमा छौं। तर अर्को कुरा सरोकार छ आक्रामक रुपमा तयार छौं । त्यसलाई कसरी प्रतिकार गर्ने तयारी छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.