मेचीनगरबाट साढे ८ लाखको कपडा बरामद

मेचीनगरबाट साढे ८ लाखको कपडा बरामद
सुन्नुहोस्

झापा : सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट अन्दाजी साढे ८ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको   सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको टोलीले मेचीनगर नगरपालिका–६ तुर्केनी सीमा इलाकाबाट गएराति ११ बजेको समयमा ८ लाख ४६ हजार ८ सय ५० बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए । 

उनका अनुसार भारतबाट अवैध रुपमा भन्सार छलेर कपडा नेपाल भित्र्याउँदै गरेको विशेष सूचनाको आधारमा सशस्त्रको टोलीले टिनले छाएको कच्ची गोदाममा लुकाइछिपाई राखेको अवस्थामा उक्त कपडा बरामद गरेको हो । 

बरामद गरिएको कपडालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको डीएसपी पोखरेलको भनाइ छ । सशस्त्रले चालु आर्थिक वर्षको साउनदेखि भदौ २५ गते सम्ममा २ करोड ४३ लाख ६६ हजार ४१ रुपैयाँ बराबरको अवैध समान बरामद गरिसकेको जनाइको छ । साउनमा १ करोड २९ लाख २६ हजार ४३ रुपैयाँ र भदौ २६ गते सम्ममा १ करोड १४ लाख ३९ हजार ९ सय ९८ रुपैयाँ बराबरको समान बरामद गरिएको डीएसपी पोखरेलले बताए । 

विशेष सूचनाको आधारमा  र नियमित चेकजाँचको क्रममा सो मुल्य बराबरको सामान बरामद गरिएको उनले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.