शितगंगामा जीप दुर्घटना एक जनाको मृत्यु, ९ घाइते

शितगंगामा जीप दुर्घटना एक जनाको मृत्यु, ९ घाइते
सुन्नुहोस्

अर्घाखाँची :  शितगंगाको हिलेखोलामा  जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्। छत्रदेव गाउँपालिकाबाट बुटवल तर्फ जाँदै गरेको लु १ज ४७६३ नम्बरको डबल क्याप जीप आज बुधबार  शितगंगा नगरपालिका-१२ हिलेखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा छ्त्रदेव  गाउँपालिका- ५ टुनिचौर का ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठौरले बताए।

घाइतेमध्ये तीन जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। यस्तै ६ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.