संविधानसभा अध्यक्ष नेम्वाङको प्रथम स्मृतिमा सांसदहरुले गरे श्रद्धाञ्जली अर्पण

संविधानसभा अध्यक्ष नेम्वाङको प्रथम स्मृतिमा सांसदहरुले गरे श्रद्धाञ्जली अर्पण
सुन्नुहोस्

काठमाडौं : संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिमा सांसदहरुले श्रद्धाञ्जली अर्पण गरेका छन्। बुधबार संघीय संसद भवनमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। सभामुख देवराज घिमिरे लगायतका सांसदहरुले पुष्पगुच्छा अर्पण गरेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

स्वर्गीय नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए।

गत वर्ष भदौ २६ गते नेम्वाङको हृदयघातका कारण निधन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.