'संसद् माओवादी केन्द्रको केन्द्रीय कार्यालय हैन, समाभुखको रुलिङ मान्‍नुपर्छ'

'संसद् माओवादी केन्द्रको केन्द्रीय कार्यालय हैन, समाभुखको रुलिङ मान्‍नुपर्छ'

उनले सशस्त्र संघर्षका समयमा माओवादी आन्दोलनभित्र हत्या, हिंसा भएको तर्क गरे।

काठमाडौं : नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रतिपक्षीले दलले संसदीय प्रणालीलाई अमर्यादित र कमजोर बनाउने काम गरेको बताएका छन्।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग बर्तौलाले सदनमा सभामुखले नियम र ऐन बमोजिम गरिएका निर्णयलाई अस्वीकार गर्ने प्रतिपक्षीको कदमले संसदीय प्रणालीलाई अमर्यादित र कमजोर बनाउने काम गरेको बताएका हुन्।

संसद माओवादी केन्द्रको केन्द्रीय कार्यालय नभएको र छाडा गर्ने छुट नरहेको उनले बताए। बर्तौलाले समाभुखको रुलिङ सबैले मान्नुपर्ने कानूनी मान्यता रहेको जिकिर गरे। माओवादीबाट पटक पटक संसदीय कामलाई असहयोग गर्ने काम भएको उनको भनाइ छ। 

उनले सशस्त्र संघर्षका समयमा माओवादी आन्दोलनभित्र हत्या, हिंसा भएको तर्क गरे। हिंसा शब्दलाई लिएर माओवादीले सत्तापक्षलाई उत्तेजित पार्न खोजेको उनको भनाइ छ। 

आजको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन्। संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेपछि सभामुख घिमिरेले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार सचिवालय दिएका थिए।

आज सभामुखले निर्णय सुनाएपछिमाओवादी केन्द्रले विरोध गरेको थियो। माओवादीले उठेर संसद् अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ। बैठकमा माओवादीले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक स्थगित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.