खानेपानीको समस्या काठमाडौंको मात्र होइन, देशभर भएकाले योजनाबद्ध काम गरिरहेका छौं : यादव

उपत्यकाको पानीको समस्या समाधानका लागि प्रभावकारी उपाय अपनाउन जरुरी

खानेपानीको समस्या काठमाडौंको मात्र होइन, देशभर भएकाले योजनाबद्ध काम गरिरहेका छौं : यादव
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्नका लागि थप पानीका स्रोतहरू खोजी र परिचालन गर्न निर्देशन दिएका छन् । उनले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म उपत्यकाको पानीको समस्या समाधानका लागि तत्काल प्रभावकारी उपाय अपनाउन जरुरी भएको बताएका हुन् ।

मन्त्री यादवले तारकेश्वर नगरपालिका अन्तर्गतको अल्ले, बौडे, र टोखा नगरपालिकामा रहेको भण्डारे मुहानको अनुगमन गर्दै यस्ता स्रोतहरूको संरक्षण, चुहावट रोकथाम, र सुधारलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले काठमाडौँ उपत्यकामा पानीको अपुग समस्या समाधान गर्न यस्ता मुहानहरूबाट थप पानी आपूर्ति गरिने जानकारी गराए।

‘हाल यी मुहानहरूबाट लगभग ६५ लाख लिटर पानी आपूर्ति भइरहेको छ, तर अल्ले, बौडे र भण्डारे मुहानसहित तारकेश्वरमा रहेका अन्य मुहानहरूलाई पूर्ण क्षमतामा परिचालन गर्दा दैनिक १ करोड २१ लाख लिटर पानी आपूर्ति गर्न सकिन्छ,’ मन्त्री यादवले बताए । उनले मन्त्रालयका कर्मचारीहरूलाई तत्काल कार्य योजना बनाई काम अघि बढाउन निर्देशन दिए।

मन्त्री यादवले दीर्घकालीन समाधानका लागि मन्त्रालयले ठोस योजना अघि सारिरहेको स्पष्ट पार्दै भने, ‘खानेपानीको समस्या काठमाडौँ मात्र होइन, देशभरकै जनताले भोगिरहेका छन् । म यस विषयमा गम्भीर छु,र मन्त्रालयले दिगो समाधानका लागि योजनाबद्ध काम गरिरहेको छ ।’

अनुगमनका क्रममा स्थानीय समुदायसँगको छलफल गर्दै मन्त्री यादवले स्थानीय चुनौती र सम्भावनाहरूको विश्लेषण गर्नुका साथै समस्या समाधानका लागि सरकार दृढतापूर्वक क्रियाशील रहेको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.