सभामुखको रुलिङलाई मान्दिन भन्न मिल्दैन : सांसद खतिवडा

सभामुखको रुलिङलाई मान्दिन भन्न मिल्दैन : सांसद खतिवडा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखको रुलिङलाई मान्दिन भन्न नमिल्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले सभामुखको रुलिङमा आपति भए लिखित रुपमा जानकारी गराउन सक्ने भएपनि मान्दिन भन्न नमिल्ने बताएका हुन्।

माओवादी सरकारबाट बाहिरिनुपर्दाको केहि असर सदनमा समेत देखिएको भन्दै साना–साना कुरामा अल्झिन नहुने उनको भनाई छ। उनले सहमतिबाट सबै समस्याको समाधान हुनुपर्नेमा जोड दिए। 

आजको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका थिए। संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेपछि सभामुख घिमिरेले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार सचिवालय दिएका थिए।

आज सभामुखले निर्णय सुनाएपछिमाओवादी केन्द्रले विरोध गरेको थियो। माओवादीले उठेर संसद् अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ। बैठकमा माओवादीले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक स्थगित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.