दुई दलको विवादले सदन अवरुद्ध भयो, हिंसा शब्दलाई लिएर पार्टीहरुले बखेडा खडा गर्न हुँदैन : रास्वपा

दुई दलको विवादले सदन अवरुद्ध भयो, हिंसा शब्दलाई लिएर पार्टीहरुले बखेडा खडा गर्न हुँदैन : रास्वपा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले दुई दलको विवादले सदन अवरुद्ध हुनु राम्रो कुरा नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले सशस्त्र द्वन्द्वका क्रममा भएका राम्रा वा नराम्रा कामलाई स्वीकार गर्दै अहिलेको अवस्थामा आइपुगेको बताएका हुन्। 

उनले शान्तिप्रक्रियालाई सहज रुपमा निष्कर्षमा पुर्‍याउनुपर्ने बताए। उनले हिंसा शब्दलाई लिएर राजनीतिक पार्टीहरुले बखेडा खडा गर्न नहुने धारणा राखे।

आजको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका थिए। संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेपछि सभामुख घिमिरेले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए।

आज सभामुखले निर्णय सुनाएपछि माओवादी केन्द्रले विरोध गरेको हो। माओवादीले उठेर संसद् अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ। बैठकमा माओवादीले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक स्थगित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.