मेटलाइफको विविधता झल्काउने कार्यक्रम

मेटलाइफको विविधता झल्काउने कार्यक्रम
सुन्नुहोस्

काठमाडौं : विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्तरूपमा, देशभरका विभिन्न ठाउँबाट शीर्ष प्रदर्शन गर्ने आफ्नो अभिकर्ता टोलीको अघिल्लो वर्षको सफलता र समर्पित सेवालाई प्रशंसा गर्न, काठमाडौंमा हिजो भव्य कार्यक्रमको आयोजना गरेको थियो।

नेपालको हरेक कुनाबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा आइपुगेका थिए, जसले समावेशीताप्रति कम्पनीको प्रतिबद्धता र कसरी जीवनका सबै भौगोलिक क्षेत्रका मानिसहरूले नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने एउटै साझा उद्देश्य पूरा गर्न एकसाथ काम गर्छन् भन्ने कुराको रंगीन प्रतिनिधित्व गरेका थिए।

मिस एलेना बुटारोवा र मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठ र वरिष्ठ व्यवस्थापन टोलीले २०२३ मा शीर्ष–कार्यकारी गर्ने एजेन्सी मेनेजरहरू, युनिट मेनेजरहरू, र फिल्ड रेप्रेसेन्तेटिवहरुको कडा परिश्रम र समर्पणलाई सम्मान गर्न मञ्चमा पुगेका थिए। यी बीमा अभिकर्ताहरु वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएका थिए।

 
यी व्यक्तिहरूले विभिन्न नेपाली नागरिकहरूको जीवनमा पारेको परिवर्तनकारी प्रभावलाई मान्यता दिँदै उक्त कार्यक्रमले गौरव र उपलब्धिको गहिरो अनुभूति गरायो। यस कार्यक्रमले वित्तीय सुरक्षाले कुनै सिमा जाँदैन भन्ने नाराका साथ नेपालका सबै कुनाका मानिसहरूलाई एकसाथ ल्याई सबैका लागि अझ बढी विश्वस्त र सुरक्षित भविष्य निर्माण गर्ने प्रेरणा दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.